back
stc
prabhu insurance

नेपाल टेलिकमको कुल सेवा आय ३५ अर्व ९० करोड

काठमाडौं । नेपाल टेलिकमको आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक २०७७ आषाढ मसान्तको अन्तिम लेखापरीक्षण पश्चातको कुल सेवा वापतको आय रु. ३४ अर्व ६१ करोड ९९ लाख ६४ हजार रहेकोमा गत आर्थिक वर्ष २०७७.०७८ असार मसान्त सम्मको सोही अवधिमा कुल सेवा वापतको आय रु. १ अर्व २८ करोड ३७ लाख ६९ हजार ९३ रहेकोमा ०. ७० प्रतिशतले वृद्धि भई रु. ३५ अर्व ९० करोड ३७ लाख ३३ हजार पुगेको छ।

अघिल्लो आर्थिक वर्ष२०७६/०७७को चौथो त्रैमासिक अवधिमा कुल सेवा वापतको आय रु.७ अर्व ७८ करोड ३३ लाख २० हजार रहेकोमा गत आर्थिक वर्ष२०७७/०७८को सोही अवधिमा कुल सेवा वापतको आयमा रु. ६६ करोड ९० लाख ६० हजार ९८ रहेकोमा ०.६० प्रतिशतले वृद्धि भई रु. ८ अर्व ४५ करोड २३ लाख ८० हजार पुगेको छ ।

यसैगरि गत आर्थिक वर्ष २०७७/०७८को तेस्रो त्रैमासिक अवधि सम्ममा खुद मुनाफा रु/ ५ अर्व ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चौथो त्रैमासिक अवधिमा रु.१ अर्व ५६ करोड ९६ लाख १२ हजारले वृद्धि भई रु. ७ अर्व ४५ करोड ४० लाख ८५ हजार रहेको टेलिकमले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक अवधि सम्मको खुद मुनाफा रु. ९ अर्व ७४ करोड ८९ लाख ५६ हजार रहेकोमा गत आर्थिक वर्ष २०७७/०७८को सोही अवधिमा खुद मुनाफा रु. ७ अर्व ४५ करोड ४० लाख ८५ हजार रहेको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा मुनाफामा कमी आउनुका प्रमुख कारणहरुमा कोभिड–१९ महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको छ, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा गत आर्थिक वर्षमा घट्न गएको हुँदा व्याज आम्दानीमा कमी आएको देखिन्छ।

कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा सेवा उपलव्ध गरिएको हुंँदा अघिल्लो वर्षको तुलनामा सेवा आय रकम बढेतापनि राजश्व आशातितरुपमा वृद्धि हुने अवस्था नरहेको देखिन्छ।

कोभिड–१९ को महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा भारि गिरावट आएको तथा इन्टरनेटको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तर आवद्धता सेवामा भारी गिरावट आएको देखिन्छ।

समीक्षा अवधिमा वाहय श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन जस्ता नविन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई नेपाल टेलिकमको मुनाफामा असर परेको देखिन्छ ।