back
stc
prabhu insurance

काउन्सिलले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने जनाएको छ । काउन्सिलले साउन २९ गते एक सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता र मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम डोमेन लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जनाएको छ ।

यस सम्बन्धमा हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय भएको थियो । विधिवतरूपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटक–पटक उजुरी र गुनासाहरू आउने गरेको सूचनामा उल्लेख गरिएको छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ को (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था रहेको छ ।

पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ । काउन्सिलको यो सुचनालाई लिएर प्रेस माथि अङकुश लगाउन खोजिएको भनेर आलोचनाको टिप्पणी पनि सुनिन थालेको छ ।

No description available.