back
stc
prabhu insurance

माओवादी केन्द्रको बैठक शुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक शुरू भएको छ । बैठकमा १८४ जना सदस्य उपस्थित भएका छन् । काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा जारी बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् ।

प्रचण्डले राजनीतिक र सांगठानिक प्रतिवेदन पेश गरेपछि आज र भोलि त्यसमाथि छलफल हुने बताइएको छ । वैठकमा उपस्थित १८९ जना नेताको एन्टिजेन परीक्षण गर्दा सबैको नगेटिभि आएको माओवादी केन्द्रले जनाएको छ ।

गत २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट (माओवादी केन्द्र) ब्युँतिएपछि माओवादी केन्द्रका नेता मात्रको भौतिक उपस्थितिमा सो पार्टीको पहिलो पटक केन्दीय कमिटी बैठक आज बसेको छ।

नेता नारायणकाजी श्रेष्ठले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्ने बताएका छन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । बैठकअघि सबै सदस्यहरुको एन्टिजेन परीक्षण पनि गरिएको थियो ।

No description available.