नेप्लिज फेसन होमले बालबालिकालाई खाद्यान्न र स्टेशनरी सामग्री सहयोग

काठमाडौं । मिस नेवाः तथा यसको आयोजक संस्था नेप्लिज फेसन होमले भिनपा –२ दोलखा बालबालिकालाई खाद्यान्य र स्टेशनरी सामग्री सहयोग गरेका छन् ।
भिनपा –२ दोलखा बाल मन्दिरा बालबालिकाका लागि नेप्लिज फेसन होम काठमाडौंकी अध्यक्ष दोलखालि चेलि हेमा मानन्धरको आयोजनामा नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघ, लायन्स क्लब अफ काठमाडा टेम्पल भ्याली क्योकुशिन कराँते संघका अध्यक्ष समाजसेबि अशोक कुमार श्रेष्ठको विशेष सहयोगमा नेपाल बाल संगठन दोलखाका पुर्ब अध्यक्ष एबं बाल मन्दिर दोलखाका बिब्यास अध्यक्ष समाजसेवीको राकेश श्रेष्ठको अनुरोधलाई स्विकार्दै ती सामग्री सहयोग गरिएको हो ।
नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, मिस नेवाः ११३९ बिजेता नितु डंगोल, मिस नेवा ११४० बिजेता कृषा महर्जन तथा उप–बिजेता प्रिया तण्डुकार, किड क्विन अपेक्षा शेरचन, समाजसेवी अनु उर्मिला शेरचनको सहयोगमा २५ बोरा चामल, १० टेबल, ४० थान चकटी, पुस्तक, स्टेशनरी, खेलकुद सामाग्री, पोर्टेबल लाईब्रेरी, एक जार थान मास्क लगायत बाल मन्दिर दोलखा र गौरीशंकर बालगृह चरिकोटमा बितरण गरियो । कार्यक्रम पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख अतिथ्तायमा सम्पन्न भएको थियो ।
वि.सं.२०७८ भदौ ६ १५:५१