back
hangrilabank
himalayanlife
stc

नेपाली कांग्रेसको २० जिल्लामा अधिवेशन अन्यौलता

काठमाडौं । नगर र गाँउपालिका अधिवेशनको मिति आउन तीन दिन बाँकी रहँदा सम्म २१ वटा जिल्लाको वडा अधिवेशन सुरु नै भएको छैन् । नेपाली कांग्रेसको १४ ओैं महाधिवेशन निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।

राजधानी काठमाडौं लगायत २० जिल्लाको क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा क्रियाशिल सदस्यता विवाद उग्र रूपमा चर्किएको छ। डडेल्धुरा सहित २१ जिल्लामा आजसम्म वडा अधिवेशन सुरु नै हुन सकेको छैन । डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुंग्याएर निर्वाचन समितिले भोलि भदौं २५ गते शुक्रबार वडा अधिवेशनको मिति तोके पनि जिल्ला कार्यसमितिले भने सदस्यतामा असन्तुष्टि जनाउँदै अधिवेशन नगर्ने निर्णय गरेको छ ।

२० जिल्लाको क्रियाशील सदस्यता विवाद आज सम्म नटुंगिएकाले २७ भदौमा तोकिएको पालिका अधिवेशनको तालिका प्रभावित हुने कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले २७ गतेको पालिका अधिवेशनको तालिका प्रभावित हुने बताए । २१ जिल्लाको वडा अधिवेशन नै सुरु भएको छैन, त्यसैले पालिका अधिवेशन २७ गते सम्भव छैन।

जति जिल्लामा वडा अधिवेशन भएका छन ती जिल्लाहरूमा मात्र पालिका अधिवेशन हुने भएको छ। सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिका अधिवेशन गर्नेकी भन्ने कुरा पनि उठेन थालेको छ । त्यस विषयमा नेताहरूसँग आज छलफल भएर निर्णय हुने लेखकले बताए ।

सबै जिल्लाको वडा अधिवेशन सकेपछि देशभर पालिकाको अधिवेशन एकै दिन गर्ने विषयमा पार्टीमा कुरा चलेको लेखकले सुनाए ।

पालिकाको अधिवेशनको मिति पर सारेर एकै मितिमा गर्ने निर्णय भएपछि वडा अधिवेशन सम्पन्न भएका ५६ जिल्लाको पालिका अधिवेशन पनि २७ गते नहुने सम्भावना पनि देखिएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २० जिल्लामा सदस्यता विवाद नटुंगिएकाले २७ गते नै सबै पालिका अधिवेशन गर्न असम्भव भएको बताए ।

क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी स्थानहरूमा प्रदेश नम्बर १ को मोरङ, प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी बाग्मती प्रदेशतर्फ काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र काठमाडौं, लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु,कर्णाली प्रदेशको डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको बाजुरा र कैलाली जिल्ला रहेका छन् । डडेल्धुरा जिल्लामा भने ५ सय कार्यकर्ताको नाम काटेर देउवा पक्षले ३५० जना आफ्ना पक्षकाको नाम थप गरेको विवाद चर्किएकाले अधिवेशन हुन सकेको छैन्।

हालसम्म क्रियाशील सदस्यता विवाद नभएको गण्डकी प्रदेश मात्र रहेको छ । प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद टुंगिएको छैन । अधिवेशन सुरु हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।

यो क्रियाशिल सदस्यता विवाद समाधान गर्न सभापतिका उम्मेदवार उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार जस्ता तराइ मधेसका कुनै नेताहरूले पहल गरेका छैनन। सदस्यता छानवीन समितिले विवाद नमिलाई प्रतिवेदन केन्द्रीय सभापति देउवालाई बुझाउदा समस्या झन चर्किएको छ। त्यसपछि गठन गरिएको तीन सदस्यिय समितिले पनि विवाद नसुल्झाई प्रतिवेदन दिएको थियो।