back
stc
prabhu insurance

परराष्ट्र मन्त्रीको सपथ विरूद्व रिट

काठमाडौं । परराष्ट्र मन्त्री डा.नारायण खड्कालाई कानुन बिना नै गैरकानूनी ढंगले सपथग्रहण गराइएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ ।

अधिवक्ता विशाल न्यौपानेले कुनै कानूनी व्यवस्थाबिनै सपथ गराइएको जिकिर गर्दै सपथ बदरको माग गरेका छन् । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

कानून बनाइ सपथ नलिएसम्म खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा काम नगर्न/नगराउन रिटमा अन्तरिम आदेश मागिएको छ ।

नेपालको संविधानको सपथ सम्बन्धी व्यवस्था धारा ८० को कार्यान्वयनका लागि ‘सपथस मबन्धी अध्यादेश २०७८’ जारी भई २०७८ जेठ ६ गते प्रमाणित भई सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धी कानून लागु भएकोमा संसद् अधिवेशन प्रारम्भ भए पश्चात सदनमा उक्त अध्यादेश पेस भए पनि पारित हुन नसकेको हुनाले उक्त अध्यादेश संविधानको धारा १४४ (२) (ग) अनुसार स्वतस् निष्क्रिय भएको अवस्थामा कानूनको अभावमा सपथ लिनु कानुनी राज्यको प्रतिकूल हुने रिटमा दावी गरिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरी गत असोज ६ गते पद तथा गोपनीयताको सपथ गराएकी थिइन् ।