back
prabhu insurance
himalayanlife

सचिव बढुवामा तीन जनाको नाम सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले एक सचिव पदका लागि तीन जना बरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । कृषि तथा वन सेवातर्फ रिक्त एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस गरिएको लोकसेवा आयोग स्रोतले जनाएको छ।

बिहिबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त प्राविधिक एक सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएका सहसचिवहरुमा निरु दाहाल, दिपक खराल र रेवतीरमण पौडेल को नाम सिफारिस गरेको जनाएको हो । कृषि सचिव डा. कृष्ण प्रसाद आचार्य उमेर हद लागेर अनिवार्य अवकाश गएसँगै सचिव पद रिक्त रहेको थियो ।

बढुवा सिफारिस भएकामध्ये दाहाल कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्वन महाशाखामा,पौडेल खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा प्रमुख र खराल बन तथा वातावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्रको प्रमुखको रुपमा कार्यरत छन् ।

पाण्डे र खरालको नाम यस अघि नै बढुवाका लागि सिफारिस भइसकेको थियो । गत साउनमा कृषि सचिव योगेन्द्र कुमार कार्कीले अवकाश पाएसँगै त्यो समयमा पनि पाण्डे र खराल सहित गोविन्द शर्माको नाम बढुवाका लागि सिफारिस भएको थियो ।

बरिष्ठताका आधारमा सचिव बढुवा गरिएको खण्डमा अब बस्ने क्याविनेटले पाण्डेलाई सचिवमा बढुवा गर्ने सम्भावना छ ।