back
stc
prabhu insurance

जाल्पा देबि महिला उद्धार समुहमा राधिका थापाको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन

पोखरा । जाल्पादेबि महिला उद्धार समुहको २३ औ साधारणसभा एवं ८ औ अधिवेशनले राधिका थापाको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन  गरेको छ ।  नवनिवार्चन कायसमितिको उपाध्यक्षमा दुर्गा अधिकारी , सचिवमा अमुता गिरी , सहसचिव सरस्वती गिरी, कोषाध्यक्षमा सुनिता बराल ,सहकोषाध्यक्ष राधा क्षत्री रहेका छन ।

समितिको सदस्यहरुमा रमा थामा , सृजना गिरी, दिलु भण्डारी शुशिला गिरी र सवित्री बराल रहेका छन् ।  २३ बर्ष अघि स्थापना भएको समुहले महिलाको नेतृत्व, सामाजिक शैक्षिक तथा स्वास्थ सचेतना कार्यक्रमहरु गदै आएको छ ।

सो साधारणसभाको उद्घाटन गर्दै प्रदेश सांसद प्रभा कोइरालाले समाज परिर्वतनमा महिलाको भुमिका महत्वपुर्ण रहेकोले आमनेतृत्व लिने गरी आम महिलाहरु लाग्नु पर्ने बताए । कार्यकममा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले सस्थाको बिकासमा वडाले सकारत्मक सहयोग गर्ने बताए ।

कार्यक्रममा सामाजिक व्यक्तित्व नारायण प्रसाद सुबेदी, सस्थापक अध्यक्ष शारदा सुवेदी , पूर्व अध्यक्ष पबित्रा के.सी सल्लाकार सन्तुमाया गिरी उत्कृण्ठ ब्यवसायिक शान्ता माया परियार लगायतलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा वडा सदस्य कृष्णमान ठुसाजु , सृजना बिकास केन्द्रका अध्यक्ष इन्द्र पौडेल , सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर थापा, जाल्पादेबी बहुउद्देश्यीय बिकासका सचिव शान्ती सिग्देल, सृजना महिला सहकारी का अध्यक्ष शुस्मा वराल पत्रकार शुष्मा पौडेल, सुजना टोल  संस्थाका अध्यक्ष बलराम वराल लगायतले आ–फ्नो धारणा राखेका थिए ।

समुहका अध्यक्ष कान्ती अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राधिका थापा , सचिव दुर्गा अधिकारी कोषाध्यक्ष अमृता गिरीले सस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।