काठमाडौं र ललितपुर परिसर प्रमुख फेरिए
काठमाडौं । गृह मन्त्रालयले चार जना एसएसपीको सरुवा गरेको छ । काठमाडौं प्रहरी परिसरको जिम्मेबारी एसएसपी सुदिप गिरीलाई दिएको छ । काठमाडौं प्रहरी प्रमुुख रहेका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्र सरुवा गरिएको छ ।
उनी काठमाडौं परिसर आएको एक वर्ष पुगेपछि सरूवा भएका हुन। उनलाई गृह मन्त्री बालकृष्ण खाणले दशैं अघिनै सरूवा गर्न लागेका थिए। तर प्रधानमन्त्री शेर बहादुर देउवाको हस्तक्षेपले रोकिएका थिए।
यस्तै ललितपुर प्रहरी परिसर प्रमुखमा एसएसपी यज्ञबिनोन्द पोखरेलको सरुवा भएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय अन्वेषण शाखामा सरुवा गरिएको स्रोतले जनाएको छ ।
वि.सं.२०७८ मंसिर ५ ०८:३०

















