back
stc
prabhu insurance

बजेट पिडित उद्योगीहरूको सिंहदरबार घेर्ने चेतावनी

काठमाडौं । सरकारले हालै ल्याएको आगामी आर्थिक वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका छन् ।

उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए तत्काल आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । हिजो राजधानीमा भएको एक पत्रकार सम्मेलनमा स्यानिटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र स्टिल उद्योगी किरणप्रकाश साखःले आफूहरुको माग पूरा नभए कडाभन्दा कडा आन्दोलनमाा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै स्वदेशी उत्पादकहरुले आफूहरु मारमा परेको र उद्योग नै बन्द हुने अवस्था सिर्जना भएको गुनासो गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा स्यानिटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत कटौती गरी १.५ प्रतिशत कायम गरिएको छ ।

सो कार्यक्रममा नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग आज सरकारले बजेट मार्फत लिएको गलत नीतिका कारण धराशयी बनेको आरोप लगाएका छन् ।

नेपालको उद्योगलाई धराशयी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

नेपाली उद्योगलाई पुर्ण रुपमा धराशयी बनाउने नीति सरकारले लिएको भन्दै देश सेनेटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुँदै पनि विदेशी सामाग्री भित्र्याएर नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुर्याएको उनले आरोप लगाएका छन । आफुहरुले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने अधिकारीको भनाई रहेको छ ।

उनले भने,‘आफैं सेनेटरी प्याडको २५ प्रतिशत शेयर होल्डर भएको नेपाल सरकारले नेपाली उद्योगलाई धराशयी बनाउने र सिध्याउने नीति लिएको छ ।’

उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा १ प्रतिशतमात्र अन्त शुल्क लिएको भन्दै उनले तत्काल निर्णय सच्चाउनुपर्ने सुझाव दिए । सेनेटरी प्याड उत्पादनमा पुर्ण रुपमा नेपाल आत्मनिर्भर भएको उनको दाबी रहेको छ।

गत आर्थिक वर्ष ०७७र७८ सालमा नेपाल आँफैले ३ अर्बको सेनेटरी प्याड उत्पादन गरेको अधिकारीले बताए । यदि माग सुनुवाई नभए केही दिनभित्रै ६ हजार मजदुर र सबै उद्योगीहरुले संसद् भवन र सिंहदरबार घेर्ने चेतावनी दिएका छन ।

अध्यक्ष अधिकारीले प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यो विषयमा कुरा भएको र उनीहरुले धैर्य गर्न आश्वासन दिएकोले आफुहरु रोकिएको बताएका छन । उनले अब माग सम्बोधन नभए ठुलो आन्दोलन गर्ने चेतावनी दिएका छन ।

साखः स्टिलका सञ्चालक किरणप्रकाश साखःले डन्डीको विषयमा धेरै पटक मिडियामा चर्चा भएको बताउदै पुरानो समस्या अझै पनि सरकारले सम्बोधन नगरेको भन्दै उनले दुःखेसो पोखेका छन । बजेटको विषयमा बोल्दै साखःले सरकारले २४/२५ वटा उद्योग बन्द गर्ने खालको बजेट ल्याएको भन्दै टिप्पणी गरेका छन । उनले प्रश्न गरेका छन(‘स्पोन्ज आइरनमा मात्र किन अन्त शुल्क बढाइयो ?’

साखःले भने– ४र५ वटा उद्योगको लागि मात्र सरकारले छुट दिएपछि धेरै उद्योग धराशयी भएको छ । सरकारले उपभोक्ताहरुलाई सस्तो पर्ने भन्दै बढाएको अन्तशुल्कको विरोध गर्दै सरकारको उक्त नीतिले उपभोक्तालाई कुनै पनि हालतमा फाइदा नहुने दाबी गरेका छन ।

साखस्ले भने(‘नेपाली उद्योगबाटै बिलेट दिन्छौ, तपाईहरु खरिद गरेर विक्रि गर्नुस भन्छ सरकारले तर त्यस्तो गर्दा झन महंगो पर्ने र त्यो भार उद्योगीहरुले थेग्न नसक्ने अवस्था छ ।

कि त भारतको मुल्यमा दिनुपर्यो ।’ अन्तराष्ट्रिय अभ्यास अनुसार तयारी मालमा अन्तशुल्क बढाउनुपर्ने आफूहरुको माग भएको उनले बताए । उनले भने–‘तर सरकारले त्यो मान्न तयार भएन ।’

भारतबाट ल्याइएका अन्य कम्पनीसँग सामान खरिद गर्दा निकै महंगो पर्ने र त्यसको असर उपभोक्तालाई नै बढी पर्ने उनको दाबी थियो ।

सरकारले उद्योगीहरुको माग सम्बोधन गर्ने विश्वास अझै रहेको भन्दै वरिष्ठ उद्यमी साखस्ले भने– ‘आज नभए भोलि अनि यो सरकारले नभए अर्को सरकारले हाम्रो माग पुरा गर्नैपर्छ । हामीले जायज माग उठाएका छौं ।’

सरकारले मनन गरेर उद्योगीहरुको माग सुन्नुपर्ने उनले तर्क थियो । सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाउन नहुने भन्दै साखस्ले सरकारी गलत नीति तत्काल सच्याउनुपर्ने उनको भनाई छ ।

साखस्ले सरकारले पोस्न खोजेका ६ वटा उद्योगहरुको नामसमेत सार्वजनिक गरेका थिए । उनका अनुसार सरकारले अम्बे, जगदम्बा, सर्वोत्तम, लक्ष्मी, नारायण र पशुपति डन्डीको लागि अन्य उद्योगलाई मारमा पार्ने काम गरेको छ ।

धेरै कमाएका उद्योगलाई थोरै भन्सार र अन्त शुल्क निःशुल्क गरेर देश नचल्ने भन्दै साखःले आक्रोस पोखेका छन । उनले अब पनि माग सम्बोधन नभए पूराना पीडित उद्योगीहरु र अहिलेको नयाँ बजेटबाट पीडित बनेका नयाँ उद्योगीहरु मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी दिएका छन।