back
prabhu insurance
himalayanlife

स्लोभाकिया पठाई दिने वाहनामा रकम ठगी गरेको अभियोगमा ईन्द्र बहादुर पछाई पक्राउ

काठमाडौं । स्लोभाकिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रा.लि.मा कार्यरत सामाखुशी बस्ने गुल्मी धुरकोट गाउँपालिका–६ स्थाई घर भएका ३२ वर्षीय ईन्द्र बहादुर पछाईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईन्द्र बहादुरले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइ दिन्छु मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी ३ जना पीडितबाट जम्मा ५ लाख रूपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको छ ।