back
prabhu insurance
himalayanlife

काठमाडौँ बाहिरका विमानस्थलमा रात्रिकालीन पार्किङ सुरु

काठमाडौँ । नेपालका वायुसेवा कम्पनीहरुले सोमबारदेखि काठमाडौँ बाहिर रात्रिकालीन पार्किङ सुरु गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षा सुदृढीकरण गर्ने भन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने जहाज र हेलिकप्टरलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्न सर्कुलर जारी गरेको थियो।

सोमबार पहिलोपटक विभिन्न वायुसेवा कम्पनीका जहाजले धनगढी, नेपालगञ्ज, विराटनगरलगायतका विमानस्थलमा रात्रिकालीन पार्किङ गरेका हुन्। ती जहाजहरुले मंगलबार बिहानको पहिलो उडान ती विमानस्थलबाटै गरेका थिए।