प्रधान सेनापतिद्वारा उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट
काठमाडौं । असार १३ गतेबाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्माले असार १६ गते संयुक्त राज्य अमेरिकाका Chief of Staff of the Army (CSA) General James Charles McConville सँग भेटघाट तथा छलफल गर्नु भएको व्यहोरा जानकारी गराईएको छ ।
उक्त भेटघाटका क्रममा, नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिका बीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल तथा विचार विमर्श भएको थियो ।
साथै, २०७९ असार १७ गते प्रधान सेनापति महारथी शर्मा र भ्रमणदलका सदस्यहरुले न्युयोर्क स्थित United Nations Headquarters को भ्रमण गरी Under-Secretary-General (USG) of Department of Peace Operations (DPO) लगायतका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गराईएको छ ।
वि.सं.२०७९ असार १७ १२:३५




















