नेपाल धितोपत्र बोर्डसँग इङ्वा हाइड्रोपावरले आइपीओ जारी गर्न अनुमति माग्यो
काठमाडौं । इङ्वा हाइड्रोपावरले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजन प्रभावित स्थानीय र सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १८ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।
कुल १८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन हुनेछ । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
वि.सं.२०७९ असार १७ १२:५५


















