back
stc
prabhu insurance

बैंकहरूको निक्षेपमा देखियो सुधार, यी हुन् कारण

काठमाडौँ । बैंकहरूको मुद्दती योजना र चाडपर्वको प्रभावले निक्षेपमा सुधार आएको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ तेस्रो साता वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ ।

आर्थिक मन्दीका कारण निक्षेप वृद्धि नभएपछि पछिल्लो समय बैंकहरूले १० गुणासम्म दिने गरी मुद्दती योजना ल्याएका छन् ।

निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले सर्वसाधारणको निक्षेप आकर्षित गर्न शुरू निक्षेपको १० गुणासम्म प्राप्त हुने २१ वर्ष अवधिसम्मका मुद्दती निक्षेप योजना ल्याएका छन् ।

त्यस्तो मुद्दती निक्षेपमा ब्याजका अतिरिक्त बीमा, क्रेडिट कार्ड, सुलभ कर्जा जस्ता सुविधासमेत दिएका छन् ।

बैंकहरूका आकर्षक मुद्दती योजनाले निक्षेप वृद्धिमा सकारात्मक प्रभाव पारेको छ । बैंकहरूलाई निक्षेप बढाउनु पर्ने दबाब भएका कारण नयाँ–नयाँ योजना ल्याएका र त्यसको प्रभाव सकारात्मक देखिएको  नेपाल  बैंकर्स  संघका  अध्यक्ष  अनिलकुमार  उपाध्यायले बताए । आजको आर्थिक अभियान दैनिकबाट