राष्ट्रपति भण्डारीद्वारा कुमारीको हातबाट टीका ग्रहण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ हनुमान ढोकास्थित कुमारी घरमा गई कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्नुभएको छ ।
इन्द्र जात्राको अवसरमा राष्ट्राध्यक्षले जीवित देवीको रुपमा पूजित कुमारीको हातबाट टीका र प्रसाद ग्रहण गर्ने प्रचलन रहँदै आएको छ ।
वि.सं.२०७९ भदौ ३० ०५:४५




















