back
prabhu insurance
himalayanlife

४ पाङ्ग्रे सवारी साधन खरिद गर्दा ‘स्थायी लेखा नम्बर’ अनिवार्य

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने ब्यबस्था गरेको हो ।

विभागक अनुसार चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र विक्रेताले उक्त स्थायी लेखा नम्बर विक्री वीजकमा उल्लेख गर्नुपर्ने छ।

विभागका अनुसार यो ब्यबस्था निकाय तथा व्यक्ति दुवैको हकमा लागु हुने छ।

त्यस्तै विभागले पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ।

विभागले आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्यको बुदा नम्बर ३९१ ले गरेकोले उक्त व्यवस्था अनिवार्य रूपमा लागू गराउन लागेको हो।

बुँदामा ३९१ मा भनिएको छ ‘पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था गरिनेछ।

चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नु पर्ने व्यवस्था गरिनेछ।’