back
prabhu insurance
himalayanlife

भि.जि.फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने घोषणा

काठमाडौं । गत शुक्र्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पु¥याएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहित तुल्याएको छ ।

यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं ।

साथै घाईतेहरु सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस विशाल ग्रुप अन्तर्गत भि.जि.फाउन्डेशनले विभिन्न संघ संस्थाहरुको हातेमालोको अपेक्षाको साथ प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख प्रदान गरिने घोषणा गरेको छ ।