back
stc
prabhu insurance

सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

जसअनुसार बैंकले हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ७.३६८५ प्रतिशतले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७००.१५ रुपैयाँबरारको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।