back
prabhu insurance
himalayanlife

नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा चंकी क्षेत्री निर्वाचित

काठमाडौं । नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिको कोषाध्यक्ष पदमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका छन्।

दुई वर्षे कार्यका लागि उनी सहित पाँच जनाको नयाँ प्रबन्ध समितिको चयन गरिएको हो । संघको सभापति पदमा हेम कुमारी अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् । यसैगरी नवनिर्वाचित कार्य समितिको उपसभापति जितेन्द्र प्रसाद धिताल र कृष्ण प्रसाद आचार्य र महासचिव इन्द्र कुमार श्रेष्ठ छन्।

संघको विधान अनुसार प्रारम्भमा ६ जना संस्थागत र ११ जना व्यक्तिगत सहित १७ सदस्यीय कार्य समिति सदस्यको चयन गरिन्छ। यसरी चयन भएको कार्य समितिको सदस्यहरूमध्येबाट पाँच सदस्यीय प्रबन्ध समितिका पदाधिकारीहरूको चयन निर्वाचनका माध्यमबाट हुने गरेको छ।

४५ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई निर्वाचनको प्रमाण पत्र वितरण र सपथ ग्रहण गरिएको छ।