back
prabhu insurance
himalayanlife

पेट्रोलियम पर्दाको आयात १० अर्ब रुपैयाँले  बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७७ /०७८ मा पेट्रोलियम पर्दाको आयात १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा इन्धन आयात बढेको हो ।

यसै पनि नेपालमा सबैभन्दा बढि आयात हुने वस्तु पेट्रोलियम पदार्थ हो भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै स्थानीय बजारमा खपत बढ्दै गएकाले नेपाल आयाल निगमले गएको वर्ष इन्डियन आयाल कर्पोरेशन (आईओसी) लाई इन्धन खरिद गरेबाफत १ खर्ब ४५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

निगमकाअनुसार २०७६/०७७ मा १ खर्ब ४५ अर्ब रूपैयाँ बराबरको २६ लाख किलोलिटर पेट्रेलयम पदार्थ आयात भएकोमा आव २०७७/०७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा खपत बढेकाले १० अर्ब रुपैयाँ इन्धन आयात बढेर एक खर्ब ५५ अर्ब पुगेको जानकारी दिए । आजको कारोबार दैनिकबाट