स्टकका सिइओको राजीनामा

काठमाडौं । पुँजीबजारको नियामक निकाय नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएका छन्।
उनले पत्रकार सम्मेलनमा दिउँसो अर्थ मन्त्रालय पुगेर राजीनामा दिएको बताएका छन् । उनी दिनभर कार्यालय बाहिर रहेको र अचानक साँझ पत्रकार सम्मेलन गर्दै राजीनामा गरेका हुन् ।
आजै अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टिकरण सोधेको थियो । उनी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको परिवारले सर्वोत्तमको गोल्डेन सेयर पाएको आरोप लागेको छ ।
वि.सं.२०७८ भदौ ८ १७:२६