कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरी क्लिनिक् बीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले ललितपुरस्थित मेडी क्वेस्ट् ल्याबरोटोरीसँग एक सम्झौता गरी आफ्ना सेवाग्राही ग्राहकहरुलार्ई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा मेडी क्वेस्ट् ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
सो सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरी का विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
आफ्नो डिजिटल सामथर््यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।
वि.सं.२०७८ भदौ ८ १७:१८



















