धितोपत्र वोर्ड सदस्यबाट ढकालको राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सदस्यबाट उधमी व्यवसायी चन्द्र प्रसाद ढकालले राजीनामा दिएका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका थिए ।
आफूले महासंघ मार्फत नै धितोपत्र बोर्डबाट राजीनामा दिएको ढकालले बताएका छन् । धेरै पब्लिक कम्पनीमा आफू आवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्या हुने भएकाले राजीनामा दिएको उनले बताएका छन् ।
आज भदौं ९ गते बुधबारकै मितिबाट लागू हुने गरी ढकालले राजीनामा दिएका झन् । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हिजो भदौ ८ गते मात्रै राजीनामा दिएका थिए ।
यस प्रकरणमा ढकालको नाम पनि जोडेर बदनाम गर्न खोजिएको थियो ।
सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ साउद विवादमा तानिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघले ढकालको स्थानमा अर्को व्यक्तिलाई बोर्डको सदस्यका रुपमा पठाउने भएको छ ।
वि.सं.२०७८ भदौ ९ १८:३८