आरएमडीसी र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंकले लिलामीमा ल्याएको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरमा लिलामी भर्ने आज भदौ १८ गते अन्तिम दिन हो ।
एनआइसीले आफ्नो स्वामित्वमा रहेको आरएमडीसीको ३ लाख ६ हजार ६५ र मेरोको ८६ हजार ३३९ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ६०३ रुपैयाँ र मेरो माइक्रोफाइनान्सको सेयरमा ५८० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
१०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।
वि.सं.२०७८ भदौ १८ ०८:५८