back
stc
prabhu insurance

आज ओरियन्टल होटल्सको एजीएम

काठमाडौं । ओरियन्टल होटल्सको आज असोज १९ गते मंगलबार २४ औं वार्षिक साधारण सभा बस्दैछ । सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ ।

सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । तर ओरियन्टलले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव पेश गर्ने छैन । यसर्थ, यस वर्ष ओरियन्टलका सेयरधनीको हात खाली हुने भएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा गर्न ओरियन्टलले असोज ४ गतेदेखि १९ गतेसम्म बुक क्लोज गरेको छ । असोज ३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।