आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा बढ्यो
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढाइएको छ । नेपाल वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात विभागको सहमतिमा मूल्य बढाएको हो ।
प्राधिकरणको हवाई यातायात विभागका उपप्रब्न्धक चुडाबहादुर खड्काले सोमबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई सञ्चालकहरूको मागअनुसार फ्युल सर्चाज संलग्न गरी बुधबारबाट लागू हुनेगरी हवाई भाडा बढाउन सहमति दिएको बताए ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २ सय २० रुपैयाँ बढेको छ । सबैभन्दा धेरै धनगढीको भाडा २ सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपेयाँ पुगेको छ ।
यस्तै, नेपालगञ्जको १३ हजार ९ सय ८०, सुर्खेतको १४ हजार ९ सय ९५, भद्रपुरको १२ हजार ९ सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ पुगेको छ ।
काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । यस रुटमा १ सय ७० रुपैयाँ बढेको छ ।
सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २ सय ४० रुपैयाँ भाडा लाग्ने भएको छ ।
सबैभन्दा कम सिमराको भाडा ४५ रुपैयाँले बढेर अधिकतम भाडा ४ हजार २ सय ५० रुपैयाँ पुगेको छ । त्यस्तै, काठमाडौंदेखि भद्रपुरको हवाई भाडादर १ सय ५० रुपैयाँले बढेर १२ हजार ९ सय ५५ रुपैयाँ, काठमाडौंदेखि विराटनगरको भाडादर १ सय २५ रुपैयाँले बढेर १० हजार २ सय ५ रुपैयाँ, काठमाडौंदेखि जनकपुरको भाडा ६५ रुपैयाँले बढेर ५ हजार ८ सय ६० रुपैयाँ, काठमाडौंदेखि भरतपुरको भाडा ५५ रुपैयाँले बढेर ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ ।
नेपाल वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंदेखि पोखराको भाडादर भने ८० रुपैयाँ बढेर ६ हजार ९ सय ८५ रुपैयाँ कायम गरिएको छ ।
काठमाडौंदेखि भैरहवाको भाडा १ सय रुपैयाँले बढेर ८ हजार ६ सय ७५ रुपैयाँ, काठमाडौंदेखि नेपालगञ्जको भाडादर १ सय ६५ रुपैयाँ बढेर १३ हजार ९ सय ८० रुपैयाँ, काठमाडौंदेखि तुम्लिङटारको भाडादर ९५ रुपैयाँ बढेर ८ हजार २ सय ५ रुपैयाँ र काठमाडौंदेखि सिमराको भाडादर ४५ रुपैयाँ बढेर ४ सय २ सय ४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, काठमाडौंदेखि सुर्खेतको भाडादर १ सय ७० रुपैयाँ बढेर १४ हजार ९ सय ९५ रुपैयाँ र काठमाडौंदेखि राजविराजको भाडादर १ सय रुपैयाँ बढेर ८ हजार ७ सय ५५ रुपैयाँ कायम गरिएको छ ।
नेपाल आयल निगमले गत सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १ सय ८५ रुपैयाँ प्रतिलिटरबाट १ सय ९० रुपैयाँ पुगेको छ ।
वि.सं.२०७९ असार २३ ०७:५७




















