आइएमई जनरल इन्स्योरेन्सको नाफा १०.८४ प्रतिशतले घटे
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ८१ लाख ५ हजर रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा गत वर्षको तुलनामा १०.८४ प्रतिशतले घटेको हो ।
यस इन्स्योरेन्सको खुद बिमा शुल्क आम्दानी १.८१ प्रतिशतले बढेको छ । यद्दपि, लगानी तथा अन्य आम्दानी ३२.८९ प्रतिशतले घटेर ७ करोड २२ लाख रुपैयाँमा सीमित भएपछि खुद नाफा पनि घटेको देखिन्छ ।
यता, आइएमईले हालैमात्र ७ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर बिक्री गरी चुक्ता पुँजी १ करोड ७० लाख रुपैयाँ भन्दा बढी पुर्याएको छ ।
यद्दपि, तेस्रो त्रैमासको विवरणमा भने पुँजीकृत गरेको छैन । यको रिजर्भ कोष र बिमा कोषमा पनि सुधार भएको छ । विवरण अनुसार प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा छ । यद्दपि, बोनस र हकप्रद सेयर पुँजीकृत भएपछि भने प्रतिसेयर आम्दानी फरक पर्नसक्छ ।
वि.सं.२०७९ वैशाख २९ १०:१०




















