आज जेठ ८ गते आइतबार पनि आरटीजीएस प्रणाली सुचारु हुने
काठमाडौं । आज जेठ ८ गते आइतबार पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ ।
राष्ट्र बैंकले विकास ऋणपत्र २०८७ ‘ख’ को छैठौं किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । आज बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु हुनेछ ।
सरकारले आइतबार पनि सार्वजनिक विदा दिएसँगै आज अधिकांश बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । आरटीजीएस प्रणाली मार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ ।
यो प्रणाली अनुसार कारोबार भएको वास्तविक समय (रियल टाइम) मै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।

वि.सं.२०७९ जेठ ८ १३:२१




















