back
stc
prabhu insurance

प्रभु बैंकका संस्थापकले ६८ हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडौं । प्रभु बैंकका १ जना संस्थापक सेयरधनीले संस्थापक सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी शंकर अग्रवालले आफ्नो नाममा रहेको ६८ हजार ३९ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले मंगलबार असार २८ गतेबाट ३५ दिन भित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।