back
prabhu insurance
himalayanlife

स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पे वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र शुलभ पे (एन क्याश वालेट) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ ।

काठमाडौंमा वुधवार आयोजित एक विशेष कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान गर्नुभयो ।

बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ पे (एन क्याश वालेट) वीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पछि शुलभ पे (एन क्याश वालेट) प्रयोगकर्ताले शुलभ पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन भने शुलभ पे मार्फत बिभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्ने छन् ।

इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्पmत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।