back
stc
prabhu insurance

देशका केही भागमा आंशिक बदली हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (मंगलबार) बिहान प्रदेश–१ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहेको छ । अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार  दिउँसो भने  प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार राति भने प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा भने आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।