back
stc
prabhu insurance

एसियन लाइफ इन्स्योरेन्सको सेयरधनीको डिम्याट खातामा १४.५०% बोनस सेयर जम्मा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सम्बन्धित सेयरधनीको डिम्याट खातामा १४.५० प्रतिशत बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले गत असोज ३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । एसियनको असोज १३ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७६प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।