back
stc
prabhu insurance

पुस २७ गते युनाइटेड इन्स्योरेन्सको साधारण सभा

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै, इन्स्योरेन्सको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।

यस्तै,  वार्षिक प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सानमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एकदिन बुक क्लोज गर्दैछ । तसर्थ, पुस १६ गतेसम्म कायम लगानीकर्ताले लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।