सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनश शेयर आज सूचिकृत भएको छ । इन्स्योरेन्सको ११ लाख ५९ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
इन्स्योरेन्सले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यस बोनश शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीद–विक्री गर्न सक्नेछन् ।
वि.सं.२०७९ फागुन १४ १४:१५



















