back
stc
prabhu insurance

हिमालयन एभरेष्टले नवनिर्मित कर्पोरेट भवन व्यवसायीक प्रयोजनका लागी बहालमा दिंदै

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले व्यवसायीक प्रयोजनका लागी निर्माण गरेको बबरमहलस्थित बहुतल्ले भवन बहालमा दिनका लागी सूचना प्रकाशन गरेको छ । इन्स्योरेन्सले भवनको भुइँ तल्ला र पहिलो तल्ला समेत गरी कूल ८ हजार ६ सय वर्गफुट क्षेत्रफल बहालमा दिन लागेको हो।

बबर महल रिभिजिटेड रेष्टुरेन्ट र अन्नपूर्ण न्यूरो अस्पतालको मध्यमा तथा सर्वोच्च अदालतको निर्माणाधीन भवनको सामुन्ने अवस्थित यो बहुतल्ले कर्पोरेट भवनको भुइँ तल्लामा रेष्टुरेन्ट, कफि सप, कम्प्युटर बिक्री केन्द्र लगायतका लागी ४,१७६ वर्गफुट क्षेत्रफल र पहिलो तल्लामा कर्पोरेट कार्यालय, परामर्श सेवा, विशिष्ट प्रयोगशाला, लगायत सेवा प्रयोजनका लागी ४,४१३ वर्गफुट क्षेत्रफल बहालमा दिने जानकारी सूचनामार्फत् सार्वजनिक गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ईच्छुक व्यक्ति वा स‌ंस्थालाई बैशाख २५ गतेसम्ममा थापागाउँस्थित प्रधान कार्यालयमा प्रस्ताव पेश गर्नका लागी अनुरोध गरेको छ।