back
stc
prabhu insurance

सनराइज फर्स्ट म्युचुअल फन्डको भदौ १६ गते एकदिन बुक क्लोज

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले बुक क्लोजको मिति तय गरेको छ । फन्डले भदौ १६ गते एकदिन बुक क्लोज गर्ने भएको हो ।

तसर्थ, भदौ १५ गतेसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको लाभांश पाउनेछन् । यसले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाइधनीहरुलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।

कोष व्यवस्थापक सनराइज क्यापिटलले कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको जनाएको छ । तसर्थ, फन्डले ५० प्रतिशत का दरले हुने ४३ करोड रुपैयाँ बराबर लाभांश वितरण गर्नेछ ।