back
stc
prabhu insurance

जलविद्युत लगानी तथा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १००% हकप्रद सेयर भर्ने आज भदौ ८ गते मंगलबार अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । यसमा जेठ २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

यो हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । यसमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

यस हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी सिंगल ए माइनस आइएस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।