back
stc
prabhu insurance

बैंक तथा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् । यसक्रममा हालसम्म तीन वाणिज्य बैंक र एक विकास बैंक गरी ४ वटा बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक इन्टरनेशनल लि., सानिमा बैंक लि.र माछापुच्छ्रे बैंक लि. रहेका छन् । यस्तै विकास बैंकतर्फ कामना सेवा विकास बैंक लि.ले लाभांश घोषणा गरेको छ ।

हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये सानिमा बैंकले सबैभन्दा धेरै १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सानिमाले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.८९ प्रतिशत नगद दिने घोषणा गरेको छ ।

यस्तै सिटिजन्स बैंकले गत आ.व.को वितरण योग्य मुनाफाबाट १२.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यसैगरी माछापुच्छ्रे बैंकले गत आवको नाफाबाट १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै कामना सेवा विकास बैंकले १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत गरी कुल १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंक तथा विकास बैंकहरुले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने छन्