कुमारी बैंकको ४ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकका सेयरधनीले ४ लाख ३३ हजार ६४० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । जसमा बैंकका संस्थापक सेयरधनी वेद प्रसाद उप्रेतीले २ लाख ३८ हजार ६४० कित्ता र भेन्चर ट्रेडिङ एन्ड इन्भेष्टमेन्ट कम्पनीले आफ्नो नाममा रहेको १ लाख ९५ हजार कित्ता सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।
यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ ।
किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।
तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।
वि.सं.२०७८ असोज १५ १६:०९