back
stc
prabhu insurance

सहकारी क्षेत्र अब बदनामी हुन नपरोस्: अध्यक्ष ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठ्यारो परेको बेलामा जोगाउने सहकारी भएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालनगर्न नजान्दा समस्या आएको बताएका हुन् ।

ओलीले भने, ‘अहिले सहकारी क्षेत्र जति बदनाम भएका छन, अब बदनामी हुन नपरोस ।’ ओलीले बैंक, व्यापारी, उद्योगी समस्यामा भएको अवस्थामा साना पुँजी भएका सहकारी समस्यामा पर्नु स्वभाविक भएको भन्दै सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिए ।

ओलीले सहकारीले अनुदानको अपेक्षा गर्न नहुने बताए । थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

कुल जनसंख्याको ६०५ जनसंख्यालाई कृषि क्रान्तिमा जोड्न सके मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने उनको भनाइ छ । ‘खाना पाउनु मानिसको पहिलो अधिकार हो, अब सहकारीले खाद्य सुरक्षामा जोड दिनुपर्छ,’ उनले भने ।