अनसन डा. केसीसँग चार बुँदे सहमति
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले उठाएका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनसरमा नाम कमाएका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।
डा. केसीले विभिन्न पाँच बुँदे माग राख्दै भदौ ३ गतेबाट अनशन बस्ने घोषणा गरेका थिए । त्यसको दुई दिन अगाडि प्रधानमन्त्री देउवाले बोलाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि डा। केसीले सरकारसँग चार बुँदे सहमति गर्दै अनसन रोकेका छन ।
केसीले उठाएका माग पूरा गर्ने प्रतिबद्धता देउवाले जनाएपछि अनशन स्थगित गर्न केसीले सहमति जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
डा। केसी आफ्ना सहयोगीसहित वार्ताका लागि बालुवाटार पुगेका थिए । स्वास्थ्य क्षेत्रका बेथिति र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको राजीनामा माग गर्दै अनशन बस्ने घोषणा गरेका थिए । तर अब अनसन रोकेका छन्। यस्ता छन् सहमतिका बुँदाहरू:
१, सार्वजनिक पदहरूमा नियुक्त गर्दा हुने स्वार्थको द्धन्द्ध रोक्न कानुनी व्यवस्था गर्ने। स्वास्थ्य राज्यमन्त्रीको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने ।
२, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्ने तथा वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने।
३, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलहरूको प्रतिवेदनलाई कानुनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अघि बढाउने।
४, प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल पुर्याउनका लागि निर्माण कार्यलाई तीव्रता दिने। चिकित्सा शिक्षामा संशोधन लगायत बाँकी मागहरू तथा यस अगाडि नेपाल सरकारले हामीसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने।
वि.सं.२०७८ भदौ १ २१:१७




















