back
stc
prabhu insurance

नेप्सेमा जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनश शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको ७० प्रतिशत बोनश शेयर शुक्रवार  सूचिकृत भएको छ । कम्पनीको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।

गत चैत २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७० प्रतिशत बोनस शेयर कम्पनीले सूचिकृत गराएको हो । यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।