back
stc
prabhu insurance

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज 

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको  वार्षिक साधारण सभा आज  असार ६ गते आइतबार बस्दैछ । सभा सिमरामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने विशेष एजेन्डा रहेको छ ।

कम्पनीले हाल कायम १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँमा यो बोनस सेयर प्रस्ताव गरेको हो । उक्त प्रस्तावित बोनस सेयरपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँ पुग्नेछ ।

बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा संस्थापक सेयरधनीको हिस्सा ५१५ र सर्वसाधाण सेयरधनीको हिस्सा ४९५ पुर्याउने एजेन्डा पनि छ ।

‘सेयर कन्भर्जन’पछि संस्थापक सेयरको हिस्सा ५१५ र सर्वसाधारणको हिस्सा ४९५ पुग्नेछ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख १८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा सहभागी हुन पाउने छन् । यसअघि जेठ २ गते आह्वान गरिएको सभा कोरोना भाइरसका कारण स्थगित गरिएको थियो ।