प्रभु इन्स्योरेन्सको आज विशेष साधारण सभा
काठमाडौं । प्रभु इन्स्योरेन्सको आज मंगलबार असार २८ गते विशेष साधारण सभा बस्दैछ । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय तीनकुने काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा प्रभुले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ ।
साधारण सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरेको छ । असार १९ गतेसम्म कायम सेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७९ असार २८ ०८:०५




















