पुरानो लाभांश बुझिलिन डिप्रोक्स लघुवित्तद्धारा आग्रह
काठमाडौं । आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आग्रह गरेको छ । संस्थाले पुरानो लाभांश लिन बाँकी रहेका शेयरधनीलाई बुझिलिन आग्र गरेको हो ।
उक्त नगद लाभांश आफ्नो शेयर प्रमाणपत्रका साथ सिद्धार्थ क्यापिटल, लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गरी लाभांश लिन संस्थाले आग्रह गरेको छ ।
५ वर्षभन्दा पुरानो बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने संस्थाले जनाएको छ ।
वि.सं.२०७८ भदौ ११ १४:४९

















