back
stc
prabhu insurance

डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कुल २१.०५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

डिप्रोक्सको हाल चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ छ । कम्पनीले सोही पुँजीको २० प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो ।