back
prabhu insurance
himalayanlife

सांग्रिला डेभलपमेन्ट बैंकको २० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले २० हजार कित्ता संस्थापक समूहको शेयर विक्री गर्न लागेको बैंक जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

बैंकले तोको समयमा बैंकका संस्थापक शेयरधनीहरुबाट निवेदन नपरेमा बैंकले प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गर्ने जनाएको छ ।