back
hangrilabank
himalayanlife
stc

आइपीओ अनुमति माग्न सीवाइसी नेपाल लघुवित्त धितोपत्र बोर्डमा

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ ल्याउन अनुमति मागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्याटिलले गर्नेछ । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।

बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्तलाई एक्विजिशन गरेको छ ।

एक्विजिशन पश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ ।

संस्थापक समूहको ६७।५० प्रतिशत सेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक सेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको सेयर पुँजी चुक्ता भइसकेको छ ।

यस वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रिय स्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आइरहेको छ ।