back
stc
prabhu insurance

आज कात्तिक २ गते साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज कात्तिक २ गते मंगलबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्दैछ ।

तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । संस्थाले गत आर्थिक वर्षको वार्षिक साधारण सभा कात्तिक १३ गते गर्ने भएको छ ।

सभामा २६.३२ प्रतिशतलाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह वितरण पनि पेश हुनेछ ।

यता, अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे सुरु हुनेछ ।